• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:32 am

दोलई खोलामा लोपोन्मुख कछुवा फेला

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा  पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेट्टाएका हुन् । 

राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो । 

संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले  उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए । सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो । यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा