• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चेल्सीको शानदार जित

एजेन्सी । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ । 

लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको टिम चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे । 

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो । तर त्यसको दुई मिनेटपछि जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए । कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको सहयोगमा गोल गरी चेल्सीलाई ३–१ को जित दिलाएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर