श्राद्धको खाना खाँदा कैलालीको एउटै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु

कैलाली । कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन् । गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन । उनीहरुमध्ये एक जनाको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको जानकारी दिए ।

‘तीन जनाको नवजिवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।’ उनले भने । अध्यक्ष शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर