• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बार्सा समर्थकलाई कोएम्यानको पहिलो झड्का, रिकी पुज हटाउने !

काठमाडौं । कोरोनाले अर्थतन्त्र धरापमा परेको बाहाना होस वा त्यो भन्दा अघि पनि बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ तथा सिंगो बोर्ड पैसाको पछि लागेको आरोप समर्थकहरुको छ । जसका लागि बार्सा बोर्डले अर्थुर मेलो जस्ता संभावना बोकेका युवा खेलाडी बेचेर उमेर ढल्किएका खेलाडी भित्र्याएको थियो । जुन कुराको विश्वभरका बार्सिलोना समर्थकहरु चर्को आलोचना गरे । 

बार्सिलोनाले ठूला उपाधि उचाल्ने महत्वकाँक्षी योजना बनाउन नसकेको, जिलेण्ड खेलाडी जाभी, इनिस्टा तथा स्टार स्ट्राइकर नेइमार बाहिरिएपनि त्यसको पुर्ती गर्न नसकेकोमा कप्तान लियोलन मेसी पनि असन्तुष्ट थिए । ती लगायतका कारण देखाउदै मेसी बाहिरिन खोजेपछि बार्सा बोर्ड थप आलोचनाको शिकार भएको थियो । 

ती सवै समस्या हल होला र नयाँ सिजन उत्साहपूर्ण होला भन्ने अपेक्षा गरेका समर्थकहरुलाई बार्सिलोनाका नयाँ प्रशिक्षकले टाउकोमा सिचो पानी खन्याईदिएका छन् । कोएमेनले आकर्षक, द्रत, तथा कलात्मक खेल कौशल भएका, इनिस्टाको शैलीमा खेल्ने बार्सिलोनाको संभावित भरपर्दो मिडफिल्डर मानिएका युवा खेलाडी रिकी पुजलाई नयाँ विकल्प खोज्न भनेको खबर सार्वजनिक भएको छ ।

स्पेनि अनलाईन मार्साले लेखेअनुसार डच कोच कोएम्यानले आफ्नो योजनामा रिकी पुज नभएको र उनको जस्तो खेलशैली भएका खेलाडी बार्सामा फिट नहुने भन्दै नयाँ गन्तव्य खोज्न सन्देश पठाएका थिए । 

जसको पछिल्लो प्रभाव जोन गाम्पर ट्रफीका लागि एल्चेसँग शनिबार राति भएको खेलमा पर्यो । जुन खेलमा कोएम्यानले रिकी पुजसँगै स्ट्राईकल लुईस स्वारेज र मिडफिल्डर अर्टुरो भिडाललाई पनि प्ले लिस्टमा पारेनन् । यी तीनैजना खेलाडी हटाउन खोजेको सन्देश कोएम्यानले दिएका छन् । 

कोएम्यानले आफूले रिकी पुजलाई लोनमा अन्य क्लबमा जान सुझाव दिएको बताएका छन् ।

बार्साको युवा टोलीबाट ए बढुवा भएर आएका रिकी पुजसँगै स्ट्राईकर आन्सु फातीको पछिल्लो चरणमा राम्रो प्रशंसा भईरहेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर