• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मोरङ्गका सांसद मोदीलाई कोरोना संक्रमण पुष्टि

बिराटनगर । मोरङ्ग ४ बाट निर्वाचित नेकपाका सांसद अमनलाल मोदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार मोदीलाई आईतबार गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

अन्सारीले भने, 'जनताको सेवामा अहोरात्र खटिनुहुने मोरङ ४ का माननीय सांसद अमन लाल मोदीज्यूलाई कोरोना पोजेटिभ भएको खवरले अत्यन्त दुखित तुल्याएको छ । रोग जो कोहिलाई पनि लाग्न सक्छ आशा छ माननीयज्यूले यस कोरोना भाईरस लाई परास्त गरि छिटै जनताको सेवामा समर्पित हुनुहुनेछ।'

केही दिन यता उनलाई सुख्खा खोकी लाग्ने तथा ज्वरो आउने लक्षण देखिएपछि गरिएको परिक्षणमा भाईरसको संक्रमण पुष्टि भएको हो । हाल सांसद मोदीको बिराटनगरस्थित बिराट नसिङ्ग अस्पतालमा उपचार भईरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर