हाँस्यकलाकार देवीराम पराजुली ‘भोकलाग्यो’ कोरोना मुक्त

काठमाडौं । हाँस्यकलाकार देवीराम पराजुली भोकलाग्यो’ कोरोनाभाइरस मुक्त भएका छन्।आफुलाई कोरोनाभाइरस मुक्त भएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । दुई साता अघि कोरोना संक्रमण हुँदा पनि उनले सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए । 

हाँस्यटेलिसिरियल जिरे खुर्सानीबाट भोकलाग्यो नामले चिनिएका पराजुलीले फेसबुकमा लेखेका छन् मलाई फेसबुक, टेलिफोन, पत्रपत्रिका, प्रत्यक्ष वा परोक्ष्य रुपमा सुस्वास्थ्यको कामना गर्नु हुने तपाई तमाम आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी, साथी, संगी, इष्टमित्र, पत्रकार, कलाकार सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आइ एम वेल नाउ अर्थात म अहिले ठिक छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर