• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पिएसजीको लगातार दोस्रो जित

एजेन्सी । दुई खेलमा लगातार पराजित भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) त्यसपछिका खेलमा लगातार विजयी भएको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले निसमाथि ३–० को जित दर्ता गरेको छ । कोरोना भाइरसबाट संक्रमित भएका कारण लिगको सुरुका तीन खेल गुमाएका केलियन एमबाप्पे आइतबार रातिको खेलमा पिएसजीको टिममा सहभागि भएका थिए ।

संक्रमण मुक्त भएपछि मैदान फर्किएका एमबाप्पेले ३८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी पिएसजीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एन्जल डी मारियाले गोल गरी अग्रता दोब्बर बनाए ।

६६ औँ मिनेटमा डी मारियाको सहयोगमा मार्क्वीन्होसले गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर