• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:47 pm

राष्‍ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकि छिन्। 

राष्ट्रसंघीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनीत भएकी हुन्। उनी राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्षसमेत हुन्। 

जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी) को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका अजेण्डा पूरा गर्नका लागि सो आयोग गठन गरिएको थियो। 

उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७ औँ गभर्नर जनरल मिशेल जीनले गर्नेछन् । आयोगमा देशका पूर्वप्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा छन्। 

आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए/नभएको अनुगमन गर्ने जनाइएको छ। कोरोना भाइरस महामारीको समयमा महिलाहरु परिवार नियोजन, गर्भवती स्याहारजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थामा सम्मेलनले दिशानिर्देश गरेका कामहरु निरन्तररूपमा अगाडि बढुन् भन्ने उद्देश्यले अधिकारकर्मीहरु र विशेषज्ञहरुको उच्चस्तरीय आयोग गठन भएको हो। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

  • ११ कार्तिक, २०७७

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय, झापाका

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

  • ११ कार्तिक, २०७७

लहान ।  पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार

प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

  • ११ कार्तिक, २०७७

राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना