बलिउड ड्रग्स केस : दीपिकापछि अभिनेत्री दिया मिर्जाको नाम पनि जोडियो

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण यतिबेला ड्रग्समा पुगेको छ । यही केसमा अभिनेत्री दीपिका पादुोण पनि मुछिएकी छन् । सुशान्तको केस हेरिरहेको एनबीसीले एक गोप्य च्याट सार्वजनिक गर्दै दीपिका पनि ड्रग्स केसमा संलग्न रहेको खुलासा गरेको हो । 

यस केसमा अब अभिनेत्री दिर्या मिर्जाको नाम पनि जोडिएको छ । भारतीय मिडियाले जनाए अनुसार डज्ञग्स प्याडलर अनुज केसवालीले नारकोटिक्स कन्ट्रोल ब्युरो (एनबीसी) मा अभिनेत्री दिया मिर्जाको नाम लिएको छ । 

रिपोर्ट अनुसार अनुज केशवानीले एनसीबीलाई बताए अनुसार दिया मिर्जाको म्यानेजरले ड्रग्स किनेकी थिइन् । उनले यस विषयको सबुत पनि दिएका थिए । सन् २०१९ दियाको म्यानेजरले ड्रग्स किनेकी थिइन् । म्यानेजरले दुई पटक ड्रग्स व्यापीसँग भेटेकी थिइन् । 

ड्रग्स केसमा दैनिक बलिउड सेलिब्रेटीहरुका नाम सार्वजनिक भइरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर