• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बार्सिलोनामा निरास मेसी, मिल्ने साथीहरुले छोडे 

काठमाडौं । मेसी यो सिजन विदा हुन चाहान्थे । तर जिवनको अभिन्न अंग जस्तै बनेको क्लब विरुद्ध अदालत जान चाहेनन् । सहज ढंगले आग्रह गर्दा क्लब व्यवस्थापनले छुट्टी दिएन । क्लब छोड्ने निर्णय लिनुभन्दा अघि उनि क्लबलाई अब्बल बनाउन चाहान्थे ।

राम्रा खेलाडी भित्र्याउने र विश्वका ठूला प्रतियोगिता जितेर उपाधि भित्र्याउन चाहान्थे । लिजेण्डर जाभि अर्नान्डेज, आन्द्रेस ईनिस्टा तथा सुपरस्टार नेईमार लगायतको बहिरगमनले कमजोर भएको क्बलमा सोही स्तरका खेलाडी भित्र्याउनुपर्छ भन्ने उनको जोडदार माग थियो । नेइमारलाई फिर्ता ल्याउन उनले पहल पनि गरे । ईन्टरका मार्टिनेज पनि बार्सिलोना नआउने भयो ।

क्लब ब्यवस्थापन उपाधि जित्ने योजना बनाउनु भन्दा राम्रा खेलाडी बेचेर सस्ता किन्न लागेर पैसा कमाउन थालेपछि मेसी निरास भएका हुन् । परिणामस्वरुप उनले क्लब छोड्ने कठोर निर्णय लिए तर सफल भएनन् । 

उनि बार्सामै रहने पक्का भएपछि केही खेलाडी क्लबमै रहुन भन्ने उनको चाहाना थियो । त्यसै मध्यका हुन् सन् २०११ सम्मको सम्झौता भएका उरुग्वेन स्टार लुईस स्वारेज । क्लबले हटाउने हल्ला गरिरहदा स्वारेजले समेत त्यसलाई हल्ला मात्रै भएको र आफू बार्सिलोनामै रहन चाहेको बताएका थिए ।

मेसीले क्लब छोड्ने सोच बनाउदा छोड्न तयार स्वारेज मेसी बसेपछि बस्न खोजेका हुन् । किनभने उनिहरु मैदानमा मात्र हैन मैदान बाहिर पनि अति मिल्ने साथी हुन् । मेसी र स्वारेजले स्पेनिस लिगमा तहल्का नै मच्चाएका छन् । मेसी पछि स्वारेज नै हुन् बार्सिलोनाका अधिक गोलकर्ता । तर नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानले स्वारेजलाई आफ्नो योजनामा अटाउन सकेनन् । बहिरगमनका लागि बाटो देखाईदिए । 

स्वारेजसंगै चिलीयन अर्टुरो भिडाल पनि मेसीका मिल्ने मध्यका साथी थिए । मिडाल पनि ईन्टर मिलान गईसकेका छन् भने स्वारेज स्पेनिस एथ्लेटिको मड्रिड जाने लगभग पक्का जस्तै भएको छ । 

स्वारेज र मेसीको परिवारले कैयौं डिनर संगै गरेका छन् । भ्याकेशन मनाएका छन् । एक पटक त मेसीले आफ्नो नीजि विमानमा स्वारेजलाई उरुग्वेसम्म छोडिदिएका थिए । 
नेईमार पनि मेसीका मिल्ने साथी थिए । नेइमारलाई मेसी सहयोग पुर्याईरहन्थे । तर उनि पिएसजी गए । पछि फर्कने योजना बनाएपनि सफल भएनन् । 

क्लबले महत्वकाँक्षी योजना बनाउन पनि नसक्ने, मैदानमा बार्सिलोनाको लज्जास्पद हार हुने र आफ्नो करिअरको उत्तरार्ध तिर मेसी निरास हुनुपर्ने भएपछि उनले २० वर्ष विताएको बार्सा छोड्ने योजना बनेका थिए । 

पछिल्ला दिनमा बार्सामै थप एक सिजन रहने निर्णय गरेका मेसीले निरासापूर्ण दिनहरु बिताउनु परेको स्पेनिस मिडियाहरु बताउछन् । बाँकी सिजन मेसीको कस्तो हुन्छ ? क्लबले कस्तो व्यवहार गर्छ ? नयाँ प्रशिक्षक मेसीसँग कसरी प्रस्तुत हुन्छन् उनको थप सफलता वा असफलता त्यसैमा निर्भर गर्दछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर