सप्तरीमा कोरोना संक्रमित एक सरकारी कर्मचारीको मृत्यु

काठमाडौं । सप्तरीमा  कोरोना संक्रमणबाट  एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए । ती कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर