• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:31 am

त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर । भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले  बताएका छन् । त्यस्तै भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको छ । यसैबीच राक्सिराङ गाउँपालिकामा पहिराले पशुचौपायासमेत पुरेको खबर आएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

  • १३ कार्तिक, २०७७

काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।  बैरागीले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी

चितवनमा तास र कौडा खेल्ने २० जना पक्राउ

  • १३ कार्तिक, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।  चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत

आजको मौसमः देशका अधिकांश भेगमा मौसम सफा रहने

  • १३ कार्तिक, २०७७

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि