• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:00 am

त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर । भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले  बताएका छन् । त्यस्तै भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको छ । यसैबीच राक्सिराङ गाउँपालिकामा पहिराले पशुचौपायासमेत पुरेको खबर आएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

  • १४ मङ्सिर, २०७७

जलेश्वर ।  महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–८

चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किए

  • १४ मङ्सिर, २०७७

काठमाडौं । एक दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ रक्षामन्त्री वेई फेङहे फर्किनएका छन् ।  उनी आइतबार साँझ फकिएका हुन् । नेपाल–चीन सम्बन्धको ६५ औं

उडिरहेको हेलिकप्टरमा चील ठोक्किएपछि..

  • १४ मङ्सिर, २०७७

बागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी