• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 03:57 am

हेटौँडामा पाउडर दूध उद्योग निर्माण

वाग्मती । हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत तयार गरेको जनाएको छ । रु ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि  निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उक्त उद्योग स्थापनाको कार्य भइरहेको छ । 

प्रदेश दूध विकास बोर्डका अधिकृत सत्रुधन शाहका अनुसार चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित न्युरोनीमा उक्त उद्योग निमार्ण हुन लागेको हो । त्यसका लागि दुई बिघा जमिनसमेत छुट्याइएको शाहले बताए । 

प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरेको छ । संस्थानको विराटनगरमा पाउडर उद्योग छ ।

दूधको खपत बढाउन र उत्पादित दूध खेर जान नदिन पाउडर उद्योगको स्थापना गर्नु सराहनीय काम भएको किसानहरुको भनाइ छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्मचारीको रिपोर्ट नेगेटिभ आएसँगै  विद्युत् कार्यालयद्वारा सेवा पुनःसञ्चालन

  • १२ कार्तिक, २०७७

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटले झण्डै एक महिनापछि मिटर रिडिङ र बिलिङ सेवा शुरु गरेको छ ।

भैंसीले हानेर एक महिलाको मृत्यु

  • १२ कार्तिक, २०७७

देउखुरी ।  दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक आफैँ कारवाहीमा

  • १२ कार्तिक, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् ।  दशैँका अवधिमा