• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 10:46 pm

प्रयोग भइसकेका लाखौँ कन्डम पखालेर फेरि बिक्री गरिँदै

 भियतनाम । भियतनाममा प्रयोग भइसकेका ३ लाख २० हजार वटा कन्डमहरु फेरि बिक्रीका लागि प्याकिङ गरिराखेको अवस्थामा भेटिएको छ । यहाँको प्रहरी छापा मार्ने क्रममा उक्त परिमाणको कन्डम बिहीबार बरामद गरेको हो । एपीका अनुसार ती कन्डम नयाँ प्याकेटमा फेरि नयाँ कन्डम जस्तै गरी प्याकिङ गरिराखिएका थिए ।

भियतनामको बिन दुओङ प्रान्तस्थित हो चि मिन्ह सहर नजिकै एक फ्याक्ट्रीमा यस्तो भेटिएको स्थानीय मिडियाले जनाएका छन् । जहाँ प्रहरीले प्रयोग भइसकेका कन्डम पुनः बिक्रीका लागि बजार पठाउन तयारी अवस्थामा राखिएको थियो । फ्याक्ट्रीका ३४ वर्षीय मालिकले आफूहरुले ती कन्डम बेच्न लागेको स्वीकार गरेका छन् । तर ती कन्डम आफैँले बनाएको नभएर कसैबाट किनेर बिक्री गर्न मात्रै लागेको फ्याक्ट्रीका मालिकको दावी छ ।

प्रहरीले छापा मारेपछि घटनास्थलको भिडियो भने सार्वजनिक भएको छ । स्थानीय मिडियाका अनुसार एक व्यक्तिबाट ती कन्डम किनेर उक्त फ्याक्ट्रीले धोइपखाली गरी प्लास्टिक ब्यागमा प्याकिङ गरेका थिए।

तर उनीहरुले यसअघि पनि यस्ता कन्डम कति मात्रामा बिक्री गरे भन्ने बारे यकिन भइसकेको छैन । यद्यपि प्रहरीले छानविन गरिरहेको जनाएको छ । यसरी कन्डम फेरि प्रयोग गर्दा स्वास्थ्य गम्भीर रुपमा जोखिममा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । कोरोनाभाइरस महामारीका कारण विश्वका अधिकांश देशमा लकडाउन गर्न थालिएपछि कन्डम उत्पादक कम्पनीहरु समेत महिनौँसम्म बन्द भएका थिए । जसले गर्दा बजारमा कन्डमको आपुर्ति कम हुन थालेको खबर आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

५० वर्ष पुगिन् विश्वकै ‘हट’ हजुरआमा जीनी, नाति उमेरका केटाले राख्छन् प्रेम प्रस्ताव 

  • १९ असोज, २०७७

एजेन्सी । उमेर एक यस्तो प्रक्रिया हो जसलाई रोक्न कसैले सक्दैन । वास्तविकता यो हो कि, मानिसको उमेरसँगै उसको सुन्दरतामा पनि  कमि आउँछ । तर केही व्यक्ति

गर्भमा रहेको बच्चाको लिङ्ग पत्ता लगाउन एक व्यक्तिले हसियाले गर्भवती श्रीमतीको पेट काटे !

  • ६ असोज, २०७७

एजेन्सी । भारतको उत्तर प्रदेशको बुडाउनमा एक व्यक्तिले गर्भमा रहेको शिशुको लिङ्ग पत्ता लगाउन हसियाले आफ्नी गर्भवती श्रीमतीको पेट काटेको छन्

‘विश्वका एक प्रतिशत सर्वाधिक धनी व्यक्तिहरुले अति गरिबले भन्दा ५० गुणा बढी प्रदूषण फैलाउँछन्’

  • ५ असोज, २०७७

पेरिस । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर