‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ज्योती मगरको नृत्य देखेर रसाय जजका आँखा (भिडियोसहित)

काठमाडौं । रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’ को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को २ वटा भाग शुक्रबार र शनिबार प्रशारण भयो । उक्त शो हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुँदै आएको छ ।

यस रियालिटी शोको प्रिमियरबाट नै चर्चामा आएको शोले पहिलो र दोश्रो भागमा ११ जना स्टार प्रतिस्पर्धीले आफ्ना कोरियोग्राफरसँग नृत्यकला प्रस्तुत गरेका छन् । यस शोको निर्णायकमा अभिनेता दीलिप रायमाझी, अभिनेत्रत्री गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई रहेका छन् ।

यस रियालिटी शोको पहिलो भागमा फुटबल खेलाडी हरि खड्काले आफ्नो कोरियोग्राफर पार्टनर यूवी बलामीसँग नृत्य प्रस्तुत गरेका थिए । यस्तै, उमेश राई र प्रमोद भण्डारी, रक्षा श्रेष्ठ र सरोज मोक्तान, देवान्सी वैद्यवार र सिद्धार्थ श्रेष्ठ, श्रृष्टी केसी र केशव थापाले आफ्नो नृत्य प्रस्तुत गरे ।

यस्तै, दोश्रो भागमा गायक बुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केबिका खत्री, दीपा–दमन्ता र सुरेल बिके, पूजा ठाकुर र राजिव समर, प्रशान्त ताम्राकार र स्वेता योञ्जन, सुमी मोक्तान र विजु पार्थी, ज्योती मगर र लाउरेले आफ्नो प्रस्तुति दिएका थिए ।

यति धेरै कलाकारकोबीचमा गायिका ज्योती मगरको प्रस्तुतीले सबैको मनलाई  रुवायो । एक समसामयिक कथा बोकेको गीतमा गरेको उनको अभिनयले जजमा बसेकी अभिनेत्री गौरी मल्ल निकै भावुक भइन् । रसायका आँखामा उनले  ज्योतिीलाई भनिन्–  हँसाउने मान्छेले रुवाउन पनि सक्छ ।’

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर