• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

विषाक्त रसायन मिसाइएका ९ कम्पनीको स्यानिटाइजर प्रयोग नगर्न विभागको आग्रह

काठमाडाैं । विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। 

विभागले जारी गरेको सूचना अनुसार बजारमा बिक्री वितरण भइरहेको हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर प्रयोग नर्गन विभागले अनुरोध गरेको छ। 

विभागले सूचना जारी गर्दै ती कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक्न लगाउन निर्देशन दिएको हो। बजारमा रहेका ह्याण्ड स्यानिटाइजरहरुको नमुना संकलन गरी परिक्षण गर्दा तोकेको मापदण्ड अनुसार नभई मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाएको पाइएकाले प्रयोग नगर्न तथा नगराउन विभागले अनुरोध गरेको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर