• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:22 pm

चितवनमा बाघको आक्रमणमा एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो।

हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ। बाघले जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको सूचना अधिकारी रामले बताए। 

बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ।

यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ। रासस
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चितवनामा दुई सङ्क्रमितको मृत्यु

  • ११ कार्तिक, २०७७

भरतपुर । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको

लुम्बिनीमा कोराना संक्रमित दुई जनाको मृत्यु

  • ११ कार्तिक, २०७७

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया

डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

  • ११ कार्तिक, २०७७

डोटी। जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ। त्यसका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप