उद्योग बाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण  

काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष तथा उद्योगी  व्यवसायी चन्द्र प्रसाद ढकाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकाललाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर परिक्षणका लागि  हिजो लिईएको स्वाव परिक्षणको रिपोर्ट आज विहान आएको हो । पिसीआर रिपोर्टमा उनलाई संक्रमण देखिएपछि  ढकाल होम आईसोलेशनमा बसेका छन् । 

व्यवसायीक कामका शिलशिलामा शुक्रबार भएको एउटा भेटबाट आफुमा संक्रमण भएको हुनसक्ने उनले अनुमान गरेका छन् ।  ढकाल काठमाडौंको बसुन्धारास्थित घरमा सुरक्षित आइसोलेसनमा बसेका हुन । 

उनले आफूमा कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र पछिल्लो केहिदिनदेखी सम्पर्कमा आएका व्यक्तिलाई आफनो परिक्षण गर्न तथा सर्तक बस्न समेत आग्रह गरेका छन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर