महोत्तरीमा दुई सय विघामा लगाइएको रहरबाली नष्ट

महोत्तरी । अबिरल वर्षाको पानीले डुबानमा पर्दा महोत्तरीका दुई सयभन्दा बढी बिघामा लगाइएको रहर (दाल) बाली नष्ट भएको छ ।

जिल्लाको सबैभन्दा होचो भूभागमा पर्ने सदरमुकाम जलेश्वर नगरपालिका र आसपासका खेतबारी वर्षाको पानीले डुबानमा पारेपछि लाखौंको रहरबाली नष्ट भएका हुन् । रहरबाली नष्ट हुँदा यस क्षेत्रका किसान चिन्तित भएका छन् । 

“खेतमा वर्षाको पानी पसेर रहरको बोट सुकेर नष्ट भएको छ”, जलेश्वर नगरपालिका–८ का किसान रामबाबु चौधरीले भने, “ वर्षाको पानीले खेतबारी डुवान हुँदा यस क्षेत्रमा लाखौं मूल्य बराबरको रहरबाली नष्ट भएको छ ।”  

धान खेतीको आली र उचो भागको खेतमा लगाइएको रहरबाली पानी पसेर सबै बोट सुकेको र यसबाट लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–६ का किसान आलम राईनको भनाइ छ । रहरबालीमा पानी लागेपछि तुरुन्तै बोट सुकेर नष्ट हुने गर्छन् ।

यो वर्ष जलेश्वर र आसपासका करीब दुई सय बिघामा लगाइएको रहरबाली नष्ट हुँदा लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–।२ का किसान रामविलास महतोले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर