• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 10:49 pm

जुम्लाको सदरमुकाम खलङ्गा सिल

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ। २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो।

चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए।

उनले भने, “बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको हो ।”

कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिए। उनले भने, “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।” रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

  • १४ कार्तिक, २०७७

डोटी ।  धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका

गण्डकी प्रदेशमा२६९ सङ्क्रमित थपिए, तीन जनाको मृत्यु

  • १४ कार्तिक, २०७७

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका—१५ का ८१

कर्णालीमा खेलकुद विकाशका लागि पुलको काम गर्ने बस्यालको प्रतिबद्धता 

  • १४ कार्तिक, २०७७

सुर्खेत । कर्णालीबाट पहिलो पटक राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएकी चर्चित टेक्वाण्डो खेलाडी नन्दा बस्यालले कर्णालीमा खेलकुल