'बेसार पानीकाे भ्रम नपालौं'
एपी वान टिभीमा कार्यरत सिन्धुपाल्चोकका पत्रकार विष्णु क्षेत्रीले कोरोनाले आफूलाई गाल्दाको अनुभव बाँडेका छन् । कोरोना भाइरस र यसले पार्ने प्रभावबारे विभिन्न गलत बुझाइहरु रहेको उल्लेख गर्दै उनले लापरबाही गर्ने गल्ती नगर्न आग्रह गरेका छन् । आफ्नो फेसबुकमा केही तस्वीरहरु र भनाईहरु उनले यसरी शेयर गरेः
चीनकाे "वुहान" मा देेखिएकाे काेराेना संसारभरि फैलिदै नेपाल प्रवेश गर्दै गर्दा र अहिले नेपाली जनजीवन अस्तब्यस्त बन्दै गर्दा २ खालका बुझाइ छन् ।
१. काेभिड-१९ (काेराेना) केही हाेइन, सामान्य रूघाखाेकी हाे । बेसार पानी र गुर्जाे खादाँ ठिक भैहाल्छ ।
२. याे साेचेजस्ताे छैन, कडा भाइरस हाे, सजिलै ज्यान लिन सक्छ !
म एक साता हाेम आइशाेलेशन र ११ दिन टेकु अस्पताल- (भेन्टिलेटर-४ दिन, ICU- ६ दिन र १ दिन क्याविन) बस्दै गर्दा १ नम्बरकाे बुझाइबाट परिवर्तन भएकाे छु । म पनि ३०/३२ बर्षकाे ठिटाे, बलियाे छु, राम्राे साेच राख्छु भन्ने कता कता घमण्ड वा गर्व थियाे । तर असाेजकाे पहिलाे साताबाट छाेएकाे Covid-19 ले मलाइ,
काेभिड खतरनाक भाइरस हाे, यसले जे सुकै पनि गर्न सक्छ भन्नेमा म पुर्याएकाे छ ।
दिनमा १७/१८ पटक पानी झै पखाला, शरिरमा भेन्टिलेटरबाट अक्सिजनकाे मात्रा, मूढाे लडे झै ICU वेडमा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यात्मक अवस्थामा पुगें । सावधानी नपअनाएर हाेइन, अपनाउदै गर्दा पुगेँं । तर त्याे कठिन अवस्थालाई सजिलै पार लगाउने, काेराेनालाइ परास्त गराउन
रातदिन नभनी उपचारमा खटिने टेकु अस्पतालका डा. अनुप बाँस्ताेला, र उहाँकाे टिमलाई लाखौं नमन ।
काेभिडका विरामी साँझ पर्दै ICU मा थपिदै गर्दा पनि विना थकान, २४ घण्टा खटिने डाक्टर, स्वास्थ्यकर्मी र अस्पताल प्रशासनकाे काम शब्दमा ख्याख्या गरेर मात्र पुग्दैन । उहाँहरूले याे संकटमा चिकित्सककाे भूमिका मात्र हाेइन, नागरिक प्रति ठुलाे गुन लगाउनु भएकाे मेराे बुझाइ छ ।
याे कठिन र अप्ठयाराे समयमा शुभेच्छा, माया तथा स्वास्थ्यलाभकाे कामना गर्ने तपाईं सबैप्रति हार्दिक आभारी छु ।
अन्तमा, काेभिड -१९ संक्रमित सबैकाे स्वास्थ्य लाभकाे कामना गर्दछु ।
धैर्य र संयम कायम राखौं ।
काेराेना जित्न सकिन्छ ।
सबैमा नमस्कार ।
टेकु अस्पताल,
क्याविन २, काठमाडौं ।
प्रतिकृया दिनुहोस