• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 03:56 am

महोत्तरीमा २५ वर्षिय कोरोना संक्रमित युवकको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।

मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि मङ्गलबार उनको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेशलाई अपाङ्गमैत्री बनाइन्छ : मुख्यमन्त्री राई

  • १४ मङ्सिर, २०७७

मोरङ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ । बाल अपाङ्ग टेवा सङ्घ काठमाडाँैद्वारा आज यहाँ आयोजित

विश्व पावर लिफ्टिङमा सहभागी हुन लागेकी कार्कीको विदाई

  • १४ मङ्सिर, २०७७

सुर्खेत । भारतमा सञ्चालन हुन लागेको विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउन लागेकी सुर्खेतकी चेली श्रुति कार्कीलाई विदाई गरिएको छ

प्रदेश राजधानी जोड्ने ‘खलंगा–बालुवासंग्रही’ सडकको कालोपत्रे हुँदै

  • १४ मङ्सिर, २०७७

सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । ट्रयाक