• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 05:49 pm

प्रदेश सरकारले उपलब्ध गरायो खोटेहाङलाई दमकल

खोटाङ । प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो ।

बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाँबी हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए । उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केहि समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ । 


जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरु रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईले बताए । “दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ ।” 


यस्तै, बिरामीलाई अस्पतालसम्म पु¥याएर ज्यान बचाउन एम्बुलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ । एकै ठाउँबाट मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बुलेन्स उपलब्ध गराएको बताइएको छ । 

प्रदेश सरकारले उपलब्ध गराएको दमकल र प्रहरी भ्यान लिन गाउँपालिका प्रमुख राई, उपप्रमुख कविता राई, प्रमुख प्रशासकीय अधिकृत भट्टराई लगायत बिराटनगर पुगेका थिए । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । 

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल छ । एम्बुलेन्स भने, जिल्लाका सबै स्थानीय तहले यस वर्ष खरिद गर्ने तयारी गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरानमा थप सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

मङ्गलबारे ।  धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३०

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • ४ कार्तिक, २०७७

जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्