• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:46 am

कोरोनाबाट बाँकेमा ३३ वर्षीय पुरुषको मृत्यु 

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो । 

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।  आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको शक्ति प्रदर्शन

  • २० मङ्सिर, २०७७

झापा  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बिशाल जनप्रदर्शन गरेको छ ।  राजसंस्था

माइतिघरमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको लाग्यो नारा [फोटोफिचर]

  • २० मङ्सिर, २०७७

काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।  ‘राष्ट्रिय नागरिक आन्दोलन समिति

नोबेल अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

  • २० मङ्सिर, २०७७

लहान ।  कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ ।  विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१