• शनिबार ७-१५-२०७७/Saturday 10-31-2020/ 07:19 pm

पाल्पा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द 

पाल्पा ।  पाल्पा अस्पतालमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई जना डाक्टर एक जना कर्मचारी, एक सुरक्षाकर्मी तथा उपचाररत ३ जना बिरामीमा संक्रमण देखिएपछि आकस्मिक बाहेका सबै सेवा अर्को सुचना नआएसम्मका लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुवँरले बताए । गत मंगलबार कोरोनाका लक्षण देखिएपछि अस्पतालका कर्मचारी र बिरामीसहित ९ जनाको पिसिआर परीक्षण गर्दा शुक्रबार ७ जनामा कोरोना संक्रमण भएको थियो । 

कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहहरुको कन्ट्रयाक ट्रेसिङगको तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । कर्मचारीको सम्पर्कमा रहेका १५ जनाबढीको स्वाब संकलन गरी पिसिआर परीक्षणको तयारी भएको अस्पतालले जनाएको छ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

  • १५ कार्तिक, २०७७

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु 

  • १५ कार्तिक, २०७७

पाल्पा । पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन। जिल्लाको रिब्दीकोट गाउँपालिका वडां. ३ शिरुखर्कस्थित

कोरोना संक्रमणको मात्रा हेरेर कदम चालिरहेका छौं : मन्त्री घिमिरे

  • १५ कार्तिक, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको