पाल्पा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द 

पाल्पा । पाल्पा अस्पतालमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । 

अस्पतालमा कार्यरत दुई जना डाक्टर एक जना कर्मचारी, एक सुरक्षाकर्मी तथा उपचाररत ३ जना बिरामीमा संक्रमण देखिएपछि आकस्मिक बाहेका सबै सेवा अर्को सुचना नआएसम्मका लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीश कुवँरले बताए । 

गत मंगलबार कोरोनाका लक्षण देखिएपछि अस्पतालका कर्मचारी र बिरामीसहित ९ जनाको पिसिआर परीक्षण गर्दा शुक्रबार ७ जनामा कोरोना संक्रमण भएको थियो । 

कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहहरुको कन्ट्रयाक ट्रेसिङगको तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । कर्मचारीको सम्पर्कमा रहेका १५ जनाबढीको स्वाब संकलन गरी पिसिआर परीक्षणको तयारी भएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर