रहेनन् नेपाली फिल्म क्षेत्रका पहिलो छायाँकार वैकुण्ठमान मास्के
काठमाडौं । नेपाली फिल्मको क्षेत्रको पहिलो छायाँकार (सिनेम्याटोग्राफर) वैकुण्ठमान मास्केको निधन भएको छ । उनको शुक्रबार निदान अस्पतालमा निधन भएको हो। किड्नीका बिरामी ८३ वर्षीय उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले परिवर्तन, मनको बाँध, हिजो आज भोली लगायत दुई दर्जन बढी फिल्म खिचेका छन्। मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए। मास्केको नेपाली सेनाको सलामीसहित शुक्रवार नै पशुपतिको विद्युतीय शवबदाहमा अन्त्यष्टी गरिएको छ।
उनकी श्रीमती र एक छोरी छिन्। श्रीमती विमला मास्के अवकाश प्राप्त सह सचिव हुन्।
प्रतिकृया दिनुहोस