• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

न्यूजिल्याण्ड चुनावः प्रधानमन्त्री जेसिन्डा आर्डर्नको पार्टीलाई भारी मत प्राप्त

एजेन्सी । न्यूजिल्याण्डमा शनिवार भएको आम चुनावमा प्रधानमन्त्री जेसिन्डा आर्डर्नको पार्टीलेभारी जीत हासिल गरेको छ । 

अधिकतम मतगणना भइसकेको र हालसम्मको नतिजालाई हेर्दा आर्डर्नको लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । न्यूजिल्याण्डको रानीतिमा यस पार्टीले दुर्लभ बहुमत हासिन गर्ने आशा गरिएको छ । 

विपक्षी मध्यपन्थी नेशनल पार्टीलाई अहिलेसम्म २७ प्रतिशत मत प्राप्त भएको छ र पार्टीले आफ्नो हार स्विकारी सकेको छ । 

यो चुनाव एक महिनाअघि सेप्टेम्बरमा हुनुपर्ने थियो तर कोभिड महामारीका कारण चुनावको मिति पछि सारिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर