• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

राष्ट्रपति र प्रधानमन्त्रीले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

काठमाडौं । यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाउने भएका छन्।कोरोना संक्रमणको जोखिम उच्च रहेकाले यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नराखिएको हो।

त्यस्तै दसैंमा राष्ट्रपति र प्रधानमन्त्रीले पनि उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुख, मन्त्री, नेता, सर्वसाधारण लगायतलाई दसैंको टीका लगाइदिने गरेका थिए। 
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो यस वर्ष दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखेका छैनन्। बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमणको जोखिम उच्च रहेका कारण यसपटक टीका लगाउने कार्यक्रम नराखिएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर