सेनाको पृतनापतिहरुको भर्चुअल सम्मेलन हुँदै

काठमाडौं। मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न नेपाली सेनाको पृतनापतिहरुको भर्चुअल सम्मेलन आजबाट हुने भएको छ।
सेनाले ६/६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएको छ।
तीन दिनसम्म हुने सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो पृतनाबाट भएका उपलब्धि, चुनौती र समाधानका लागि चाल्न आवश्यक कदमबारे प्रस्तुति राख्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।
प्रतिकृया दिनुहोस