• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 03:40 am

अदालतको आदेशपछि भारतको बाँके विहारी मन्दिर खुला

एजेन्सी । भारतको मथुरामा रहेको चर्चित बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ। कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौँदेखि बन्द भएको मन्दिर नवरात्रिको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो।  

विश्वविख्यात यस मन्दिर गत ७ महिना अगाडिदेखि बन्द रहेको थियो। तर, अहिले अदालतको मापदण्ड कडाइका साथ पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरूले जानकारी दिएका छन्। 

दर्शालुलाई बिहान ८;३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५;३० देखि ९;३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ। दर्शालुलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्क लगाउनेलगायतका नियम पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। 

हिन्दुहरूको अत्यन्त आस्था रहेको यस मन्दिरमा वर्षेनि लाखौँ हिन्दु धर्मावलम्बीहरूले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी

  • १४ मङ्सिर, २०७७

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

  • १४ मङ्सिर, २०७७

माइदुगुरी ।  नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • १४ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज