• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अर्मेनिया र अजबैजानबिच युद्धविराम सम्बन्धी नयाँ सम्झौता

एजेन्सी । अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको लागि नयाँ सम्झौता भएको छ ।

यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो । सो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ। 

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।

गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो।

यसअघि गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति बनेको थियो।

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर