गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ।  गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी स्याङ्जामा ५ जना, तनहुँमा १५ जनामा संक्रमण देखिएको छ। 

त्यसैगरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ५  जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो। 
सबैभन्दा धेरै संक्रमित नवलपरासीमा देखिएका छन्। त्यहाँका १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकाहरु गैडाकोट, कावासोती, देवचुली र मध्यविन्दुका रहेका छन्।

त्यसैगरी कास्कीको पोखरा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ। गोरखामा तीन जना, तनहुँमा एक जना र लमजुङमा एकजनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर