• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:20 pm

 भेरी अस्पतालमा ४२ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु

बाँके ।  बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो । 

जिल्ला  स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना सङ्क्रमण भएर बाहिरी जिल्ललाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको  श्रेष्ठले  बताए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज २७ गते भेरी अस्पतालमा पठाइएको थियो ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

  • ११ कार्तिक, २०७७

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय, झापाका

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

  • ११ कार्तिक, २०७७

लहान ।  पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार

प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

  • ११ कार्तिक, २०७७

राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना