• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपा र काँग्रेस सांसदको दशै भत्ता राहत कोषमा 

काठमाडौं । चौतर्फी आलोचना पनि सत्तारुढ दल नेपका र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सांसदहरुको दशैं भत्ता नलिने निर्णय गरेका छन् । 

कोरोना संक्रमणका कारण दलको बैठक बस्न नसकेपनि दलको निर्णय हुनेगरि दुवै ठूला दलले कोरोना विरुद्धको राहत कोषमा पठाउने निर्णय गरेका हुन् । 

नेकपा संसदीय दलका पदाधिकारीहरुबीच यस विषयमा छलफल भईरहेको र आजै निर्णय हुने नेकपाका राष्ट्रिय सभा दलका प्रमुख सचेतक खिमलाल भट्टराईले समाचार दैनिकलाई जानकारी दिए । 'हामिले पनि यस विषयमा सोचिरहेका थियौं, सार्वजनिक टिप्पणीका रुपमा पनि धेरै सुझाव सल्लाहाहरु आए । यस्तो बेला सांसदहरुले कुनैपनि चाड पर्वका नाममा अतिरिक्त भत्ता दिनु हुदैन भन्ने निश्कर्ष निकालेर नेकपाले कोरोना विरुद्धको प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गर्न लागेका हौं,' उनले भने ।

संसद सचिवालयको लेखा शाखाबाट सांसदहरुको राष्ट्रिय बाणिज्य बैंकको खातामा भत्ता गईसकेकाले त्यहाँबाट कटाएर संसदीय दलले प्रधानमन्त्री राहत कोषमा पठाउन लागेको हो । 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सोही प्रकृतिको निर्णय गरेको छ । काँग्रेस प्रमुख सचेतक पुष्पा भुसालले समाचार दैनिकसँग भनिन्, ‘दलको निर्णय अनुसार सवै काँग्रेस सांसदको भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको हो ।’

कोरोनाको कहरले नेपालको अर्थतन्त्र समेत ध्वस्त पारिरहेका बेला संघीय संसदका सांसद तथा कर्मचारीहरुले दशैं भत्ता बुझेपछि यसको चौतर्फी आलोचना भएको थियो । नेकपामा प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ बाहेक अरु सवै सांसदहरुले भत्ता बुझेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर