• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

 आईपीएलमा राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो 

एजेन्सी ।  आईपीएलको ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।

जितका लागि १२६ रनको विजयी लक्ष्य राजस्थानले १७–  ३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्कासहित ७० रनमा अविजित रहे।

कप्तान स्टिभ स्मिथ ३४ बलमा २ चौकासहित २६ रनमा अविजित रहे। चौथो विकेटका लागि बटलर र स्मिथले ९८ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गराएका थिए।

त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहेका थिए। केदार जाधव ४ रनमा अविजित रहे।

चेन्नईले सुरुवातदेखि नै कमजोर प्रर्दशन गरेको थियो। 

जारी आईपीएलमा चेन्नईको यो सातौं हार हो। योसँगै चेन्नई आईपीएलबाट बाहिरिने खतरा बढेको छ। राजस्थानले भने चौथो जित निकाल्दै झिनो आशा कायमै राखेको छ। उसले अब शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ। राजस्थानले बिहीबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर