• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 04:11 am

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल सफारी र जङ्गल वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ ।

निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ । जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जङ्गल ड्राइभ र जङ्गल वाक गर्न पाइने बताइएको छ ।

निकुञ्जभित्र हुने ¥याफटिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा जनाइएको छ । निकुञ्जमा जङ्गल सफारी र जङ्गल वाकमा जाने पर्यटकले राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० को पूर्णपालना गर्नुपर्ने छ । निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइने छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महिनादेखि निषेध गरिएको थियो । निकुञ्ज प्रवेश बन्द हँुदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६÷७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ ले कमी हो । आव २०७५–७६ मा छ हजार ६९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारण पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका कर्मचारीको भनाइ छ ।

निकुञ्जमा संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान, बाह्रसिङ्गाको ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघ रहेका छन् । निकुञ्जका यिनै जनावार र प्राकृतिक सौन्दर्यता हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको शक्ति प्रदर्शन

  • २० मङ्सिर, २०७७

झापा  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बिशाल जनप्रदर्शन गरेको छ ।  राजसंस्था

माइतिघरमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको लाग्यो नारा [फोटोफिचर]

  • २० मङ्सिर, २०७७

काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।  ‘राष्ट्रिय नागरिक आन्दोलन समिति

नोबेल अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

  • २० मङ्सिर, २०७७

लहान ।  कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ ।  विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१