• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विवेकशील–साझाः पार्टी एकता प्रकृया अघि बढ्यो

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि छलफल अघि बढाएका छन् । मंगलबार भएको छलफलले वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा यहि २०७७ असोज २९ गते साझा पार्टिका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो।

आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय र केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन् । 

विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ(आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने बताईएको ।

  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर