• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।  

एनआरएनए,  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार  ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२  नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।  हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९  उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए । 

यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।  

शनिबार साँझसम्म  नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर