• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 04:02 pm

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

चितवन ।  कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो । 
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 
 
यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि  कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । ति वृद्धाको शनिबार साँझ मृत्यु भएको हो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश राजधानी जोड्ने ‘खलंगा–बालुवासंग्रही’ सडकको कालोपत्रे हुँदै

  • १४ मङ्सिर, २०७७

सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । ट्रयाक

कोरोनाबाट आतंकित होइन सचेत बनौंः अध्यक्ष तिमिल्सिना

  • १४ मङ्सिर, २०७७

अशाेक पाैडेल विराटनगर । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि  सक्रिय भएर आफ्नो भूमिका देखाउन

सेनाद्वारा चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

  • १४ मङ्सिर, २०७७

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला क्षेत्रबाट नेपाली सेनाको टोलीले चार थान भरुवा बन्दुकसहित स्थानीय दुई जना बन्यजन्तु तस्करीमा