हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गएराति सामाजिक सञ्जालमार्फत गजुरेलले आफ्नो शरीरमा कोभि-१९ पोजिटिभ देखिएको जानकारी गराएका छन्। आफू बिहीबारदेखि नै आइसोलेसनमा बसेको भन्दै उनले बाबु-नानीहरूलाई भने कुनै लक्षण नदेखिएको बताएका छन्।
गजुरेलले लेखेका छन्, मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन। त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु। तपाइँहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ।
प्रतिकृया दिनुहोस