• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

बडिगाडकी सुत्केरीको हेलीमार्फत उद्धार

बलेवा । बागलुङ, बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो । 

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएपछि  केन्द्र पु¥याइए पनि अवस्थामा सुधार नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चूडामणि कँडेलले जानकारी दिए । 

शिशु बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको बताइएको छ । पुष्पा र उनका श्रीमान् इमानसिंह दुवै   शिक्षक छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर