• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 03:36 pm

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।  

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । 

प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए । 

झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताउनुभयो । प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइने छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैठक बस्नु हुन्न भन्नेलाई महासचिवले साथ दिनु हुन्नः वामदेव 

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने

‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा

  • १४ मङ्सिर, २०७७

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो

'पार्टी एकता भन्दा अघि फर्किंदा त वयलगाडामा पुगिन्छ कमरेड !' - नेता बस्नेत

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले पार्टी एकता भन्दा अघि फर्किएर गरिने आरोपप्रत्यारोपले वयलगाडाको यात्रामा