कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेलमाथि ५ करोड ठगी गरेको आरोप !

एजेन्सी । कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेल डिसूजामाथि फिल्ममा लगानी गर्ने भन्दै ठगि गरेको आरोप लागेको छ । 

रेमोमाथि लागेको आरोपमा उनले फिल्मको नाममा सतेन्द्र त्यागीसँग ५ करोड रुपैयाँ लिएका थिए । काम पुरा भएपछि पैसा फिर्ता गर्ने सर्त भएको थियो । तर फिल्मको काम पूरा भएपछि पनि उनीहरुले पैसा नफर्काएको आरोप सतेन्द्रले लगाएका छन् । सतेन्द्रले अदातलसँग अनुमति लिएर रेमोबिरुद्ध मुद्दा दर्ता गराएका थिए । 

रेमोले सन् २०१३ मा ‘अमर मस्ट डाई’ बनाएका थिए । आरोप अनुसार यही फिलमको लागि सतेन्द्रले पैसा दिएका थिए ।  उनले दिएको ५ लाखबाट फिल्म बनेपछि १० लाख दिने सर्त भएको थियो तर रेमोले उक्त सर्त पुरा नगरेको सतेन्द्रको आरोप छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर