• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

च्याम्पियन्स लिगः रियल म्याड्रिड रोकियो

काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा पनि सन्तोषजनक प्रदर्शन गर्न सकेन । गएराति सम्पन्न खेलमा रियल मोन्चेनग्लाडवाचसँग २, २ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा १- ० गोलको अग्रता लिएको मोन्चेनग्लाडवाच दोश्रो हाफको ५८ औं मिनेटमा २- ० गोलले पछि परेको थियो । तर रियल म्याड्रिडले अन्तिम ५ मिनेटमा दुई गोल गर्दै खेल बराबरी समापन गरेको हो । रियलका लागि कासेमिरोले खेलको ९३औ मिनेटमा गोल गर्दै हारबाट बचाएका हुन् । पहिलो गोल रियलका लागि करिम बेन्जीमाले गरे ।

 यसअघि  मोन्चेनग्लाडवाचका लागि मार्कस थुरामले खेलको ३३औ र ५८औ मिनेटमा गोल गर्दै रियलमाथि २-० को अग्रता लिएको थियो । रियलको २ खेलमा एक अंक भएको छ भने  मोन्चेनग्लाडवाचको २ अंक भएको छ ।

यसै समुह अन्तर्गत गएराती इन्टरमिलान र सख्तर डोनेटस्कबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समुह बि मा शख्तरको ४ अंक छ भने इन्टर मिलानको २ अंक रहेको छ ।

रियलले अब च्याम्पियन्स लिगको अर्को खेल इन्टर मिलानविरुद्ध खेल्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर