• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

युभेन्टसलाई मेस्सीसहितको बार्सिलोनाले स्तब्ध पार्‍यो

एजेन्सी । स्पेनिस कल्ब बार्सिलोनाले इटालियन कल्ब युभेन्टसलाई २-० ले पराजित गरेको छ ।  

भ्रमण टोली बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको सहयोगमा १४ औँ मिनेटमा गोल गरी अग्रता दिलाए । इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी भयो ।

८५ औँ मिनेटमा मेरिह डेमिरल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो। जितपछि बार्सिलोना ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । तीन अंक कम रहेको युभेन्टस दोस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर