बाँकेमा एक कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्ज ।  बाँकेमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सं्रोतयक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । 
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर