कोरोना महामारीको कारण यो वर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने

काठमाडौं । प्रत्येक वर्ष तिहारमा हुँदै आइरहेको ‘सिस्नुपानी देउसी’ कार्यक्रम कोरोनाका कारण यो वर्ष नहुने भएको छ ।

आयोजक टिमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ,‘हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको सिस्नुपानी देउसी कार्यक्रम २०७७ आयोजना गर्न असमर्थ भएको जानकारी गराउँदछौँ । विगत २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम स्थगित गर्नु परेकोमा दुःख व्यक्त गर्दै हाम्रा आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर