• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 01:02 am

इन्स्टाग्राममा अब ४ घण्टासम्म लाइभ गर्न सकिने

वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । 

यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ । 

त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । 

‘तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सक्नुहुन्छ,’ इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । 

इन्स्टाग्रामले यो विषेशता अहिले नै लागु भइनसकेको र चाँडै नै लागु हुने पनि जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतले थप ४३ वटा मोबाइल एप्समा लगायो प्रतिबन्ध

  • १० मङ्सिर, २०७७

नयाँदिल्ली । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन्

चीनले चन्द्रमाको ढु‌ंगा र माटोको नमूना संकलनका लागि रकेट पठायो

  • ९ मङ्सिर, २०७७

एजेन्सी । चीनले सोमबार चन्द्रको सतहमा एउटा अन्तरिक्ष यान पठाएको छ । चीनले रोबोटिक च्याङ्ग’इ–५ नामक अन्तरिक्षयान चन्द्रमा तर्फ पठाएको हो । अमेरिका

फेसबुक र ट्विटरले २० जनवरीमा बाइडेनलाई राष्ट्रपतिको आधिकारिक अकाउन्ट प्रदान गर्ने

  • ८ मङ्सिर, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनाव हारेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको आधिकारिक ट्विटर पेज २० जनवारीका दिन गुमाउँदै छन्